बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले आज ओन्टारियोसँग खेल्दै

शुक्रबार, १७ असार २०७९, १० : ३१
शुक्रबार, १७ असार २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दैछ । क्यानडाविरुद्धको एकदिवसीय सिरिजअघि नेपालले ओन्टारियोविरद्ध खेल्न लागेको हो । नेपालका पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाएरको कप्तानीमा ओन्टारियोले नेपालसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार खेल राति ८ः४५ बजे सुरु हुनेछ ।

अभ्यास खेलपछि नेपालले घरेलु टोली क्यानडासँग सोमबार पहिलो एकदिवसीय र मंगलबार एकदिवसीय खेल्दैछ । त्यसपछि नेपालले स्कटल्यान्डमा आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।

नेपालले स्कटल्याण्डमा लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप