मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेञ्चुरी बैंकका ग्राहकले सिद्धार्थनगर सिटी अस्पतालमा विशेष छुट पाउने

शुक्रबार, १७ असार २०७९, १४ : ४३
शुक्रबार, १७ असार २०७९

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालबीच व्यवसायिक साझेदारीको सम्झौता भएको छ । शुक्रबार भएको बैंक र अस्पतालबीचको सम्झौतामा बैंकका कर्मचारी र ग्राहको उपचारमा अस्पतालले न्यूनतम १० प्रतिशत छुट दिने भएको छ । 

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई सिद्धार्थनगर सिटी अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको बैंकले जनाएको छ । यस्तो छुट सुविधा ओपिडी टिकट, ल्याव शुल्क, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जेनेरल, फिजियो थेरापीमा १० प्रतिशत र बेड/क्याविन चार्जमा ५ प्रतिशत छुट दिने सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौतापत्रमा सिद्धार्थनगर सिटी अस्पतालका तर्फबाट प्रवन्ध निर्देशक अर्जुन पौडेल र बैंकको तर्फबाट भैरहवा शाखा प्रमुख प्रकाश गौतमले हस्ताक्षर गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप