बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दिवाकर घले यू–२० राष्ट्रिय फुटबल टोलीको म्यानेजर नियुक्त

शुक्रबार, १७ असार २०७९, १६ : २२
शुक्रबार, १७ असार २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिवाकर घले गुरुङलाई शुक्रबार यू–२० राष्ट्रिय टोलीको टिम म्यानेजरमा नियुक्त गरिएको छ । महावीर क्लबका अध्यक्ष समेत रहेका गुरुङले आगामी जुलाई २५ देखि अगस्ट ३ सम्म भारतमा हुने साफ यू–२० च्याम्पियनसिपमा टोलीको जिम्मेवारी सम्हाल्ने छन् ।

उनले एएफसी यू–२० एसिया कप छनोटमा पनि टोलीलाई म्यानेजरका रुपमा रहेन् । सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा आयोजना हुनेछ । यू–२० प्रतियोगिताका लागि अहिले राष्ट्रिय टोली बन्द प्रशिक्षणमा छ । नेपालले साफ यू–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र ३१ मा भारतसँग खेल्नेछ ।

नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ । एएफसी यू–२० एसिया कप छनोटमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै राष्ट्रिय यू–२० टोली पनि परेको छ । नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप