
विमला प्रकरण : तत्काल प्रतिवेदन बुझाउन एमालेको माग

नेकपा एमालेले लुम्बिनी प्रदेशका तत्कालीन स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली प्रकरणमा गठन भएको छानबिन टोलीको प्रतिवेदन तत्काल बुझाउन र सार्वजनिक गर्न माग गरेको छ । तुलसीपुरमा उपमहानगरपालिका–५ मा वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा गरेको विवादको घटनाबारे प्रदेश सरकारले छानबिन समिति बनाएको थियो । तर, प्रतिवेदन हालसम्म सार्वजनिक हुन नसकेको छैन ।
एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता बैजनाथ चौधरीले छानबिन समितिको प्रतिवेदन छिटो सरकारलाई बुझाएर सत्य तत्य बाहिर सार्वजनिक गर्नुपर्ने माग गरे । उनले प्रतिवेदन बुझाउन नै ढिला गर्नु भनेको टोली र सरकार विमलालाई ढाकछोप गर्ने मनसाय रहेको टिप्पणी गरे । उनले राज्यमन्त्री जस्तो पदमा बसेको व्यक्तिबाट भएको घटनाको प्रतिवेदन छिटो बुझाएर स्पष्ट रूपमा घटनाबारे बाहिर ल्याउनु पर्नेमा प्रतिवेदन नै बुझाउन आनाकी गर्नुले धेरै शङ्का उत्पन्न भएको बताए ।
सरकारी छानबिन टोलीलार्ई १५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश थियो । असार १ गते गठित समितिले आजसम्म प्रतिवेदन बुझाएको छैन । अझै केही विषय बुझ्नु पर्ने भएकोले प्रतिवेदन बुझाउन ढिलाइ भएको जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारले असार १ गते आन्तरिक मामिला मन्त्री तिलकराम शर्माको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त टोलीका सदस्यमा लुम्बिनी प्रदेशकी महिला बालबालिका मन्त्री रमा घर्ती र प्रदेशका महान्यायाधिवक्ता श्रीकृष्ण सुवेदी छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ