महिला साफ च्याम्पियनसिपको मितिबारे छलफल
शुक्रबार, १७ असार २०७९, १६ : ३७
अखिल नेपाल फुटबल संघका महासचिव किरण राई नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार ढाकास्थित साफ मुख्यालयमा महासचिव अनवरुल हक हेलालसँग भेटवार्ता गरेको छ । महासचिव राई, पूर्व सदस्य विकासनारायण श्रेष्ठ र न्यूरोड टिमका अध्यक्ष सुन्दरनरसिंह जोशीले काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको प्रस्तावित मितिबारे छलफल गरेका थिए ।
महासचिव राईले अगस्ट २९ देखि सेटेम्बर १० सम्म काठमाडौंमा साफ महिला च्याम्पियनसिप गर्ने मिति प्रस्ताव गरेका छन् । साफको महासचिव हकले उक्त प्रस्तावप्रति सकारात्मक रहेको बताए । प्रस्तावित मिति अब अनुमोदनका लागि शनिबारको साफ कंग्रेसमा पेस हुनेछ । उनीहरुबीच फुटबल विकास र क्षेत्रीय संघमा हुने फुटबलका विभिन्न पक्षका बारेमा पनि छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव
-
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
-
एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट