‘आगामी मौद्रिक नीति अपेक्षाकृत हुनेमा शंका’
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीति अपेक्षाकृत नहुने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीति विगतको जस्तो बिस्तारकारी आउनेमा शंका रहेको बताएका हुन् ।
उनले बैंकहरुले उद्योगको क्षमता बिस्तार गर्न दिएको कर्जा आयात गर्न प्रयोग भएको बताए । पूर्वगभर्नर क्षेत्रीले नेपाल राष्ट्र बैंकका गभर्नर स्वयंले हरेक फोरमहरुमा बैंकिङ ब्याजदर बढ्ने स्पष्ट रुपमा भनेकाले शंका गर्ने स्थिति रहेको बताए । उनले अहिले राष्ट्र बैंकले ब्याजदरको विषयमा ट्रेजरी बिलको ब्याजदर ११ प्रतिशत पु¥याएर व्यहारमा देखाएको दाबी गरे । क्षेत्रीले यस्तो अवस्थाले अब बैंकमा रहेको रकमसमेत ट्रेजरी बिलमा जाने सम्भावना भएको भन्दै बैंकिङ निक्षेपमा समस्या यथावत् रहने बताए ।
उनले सरकारले बजेट भाषणमा बैंकिङ ब्याजदर घटाउने नीति ल्याउने तर राष्ट्र बैंकका गभर्नरले ब्याजदर बढ्ने बताइसकेकाले सरकार र राष्ट्र बैंकबीचमा अन्तरविरोध रहेको बताए । पूर्वगभर्नर क्षेत्रीले सरकारको नीतिमा जहिलेसम्म स्थिरता नभएसम्म अर्थतन्त्रमा समस्या ल्याउने बताए ।
पूर्वगभर्नर क्षेत्रीले नेपालको अर्थतन्त्रमा तत्काल श्रीलंकाको जस्तो परिस्थिति नरहेको बताए । उनले श्रीलंकाको जस्तो राजनीतिक अधिकार समित व्यक्तिलाई दियो भने कुनै समय हुनसक्ने सम्भवना भने कायम रहेको पनि बताए । श्रीलंकामा एउटै परिवारबाट राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्री बनेर जथाभावी करका दरहरु चलाएकाले अहिलेको स्थिति आएको उनको भनाइ छ । पूर्वगभर्नर क्षेत्रीले नेपालले भर्खरै स्थानीय निर्वाचन सम्पन्न गरेको र अब संघ र प्रदेशको निर्वाचन गर्ने तयारीमा रहेकाले श्रीलंकासँग जोड्न नहुने बताए ।
पूर्वगभर्नर क्षेत्रीले विदेशी मुद्रामा नेपालको जम्मा सम्पती, एसडिआर र जम्मा गरेको सुनको समेत हिसाव गर्दा सिमित वर्गका लागि चाहिने आयात र खपत बढ्दै गएको पेट्रोलियम पदार्थको समेतलाई पुग्नेगरी ७ महिनाको आयात धान्नसक्ने अवस्था रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर