बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको सर्वोच्च अदालतद्वारा नुपुर शर्मालाई उदयपुर घटनाको ‘जिम्मेवार’ ठहर

शुक्रबार, १७ असार २०७९, १७ : ३८
शुक्रबार, १७ असार २०७९

सर्वोच्च अदालतले भाजपाकी पूर्व प्रवक्ता नुपुर शर्माको विपक्षमा सजाय सुनाएको छ । अदालतले नुपुर शर्माको आवेदनमा सुनुवाइ गर्दै शर्माको भनाइले देशभर अशान्ति फैलिएको ठहर गरेको छ । भाजपाकी निलम्बित प्रवक्ता नुपुर शर्माले पैगम्बर विवादपछि आफूविरुद्ध देशका विभिन्न राज्यमा दर्ता भएका सबै एफआइआरहरू दिल्ली सारिदिने निर्णय गरिदिन सर्वोच्च अदालतमा आवेदन दिएकी थिइन् ।

न्यायाधीश सूर्यकान्त र जेबी पार्दिवालाले गरेको इजलासले शर्माको निवेदनलाई सुनुवाइ गर्न अस्वीकार गर्दै उनलाई जहाँ जहाँ मुद्दा परेका त्यहाँका उच्च अदालत जान निर्देशन दिएको छ । सुनुवाईपछि नुपुर शर्माले सर्वोच्च अदालतबाट आफ्नो निवेदन फिर्ता लिइन् । तर सर्वोच्च अदालतले शर्माको आवेदनमा फैसला सुनाउने क्रममा उदयपुरमा भएको दुर्भाग्यपूर्ण घटनाका लागि नुपुर शर्माको भनाइलाई ‘जिम्मेवार’ ठहर समेत गर्यो । 

नुपुर शर्माले गत महिना एक टेलिभिजन बहसका क्रममा मुसलमान धर्मका प्रवर्तक पैगम्बर मोहम्मदबारे विवादास्पद टिप्पणी गरेकी थिइन् । त्यसपछि उनी विरुद्ध बिरूद्ध देशका धेरै राज्यहरूमा करिब एक दर्जन एफआईआर दर्ता गरिएको थियो । 

शर्माको टिप्पणीप्रति भाजपाले मौनता साधेर बसिरहेको समयमा दर्जनभन्दा बढी मुस्लिम देशले पनि शर्माको भनाईको विरोध गरेपछि पार्टीले शर्मा बर्खास्त गरेको थियो ।  साथै भारत सरकारले शर्माको टिप्पणीले सानो हिस्साको कथन भन्दै त्यसले सरकारको विचारलाई प्रतिबिम्बित नगर्ने बताएको थियो । 

सर्वोच्च अदालतले शर्माले भडकाउ अभिव्यक्ति दिएको टेलिभिजन कार्यक्रमको उद्देश्यमाथि पनि प्रश्न उठाएको छ । उसले अदालतमा विचाराधीन मुद्दामा बहस चलाउनुको उद्देश्यमाथि प्रश्न गरेको छ । नुपुर शर्माको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता मनिन्दर सिंहले आफ्ना क्लाईन्टले तत्कालै आफ्नो बयान फिर्ता लिने र माफी माग्ने बताए । 

जवाफमा सर्वोच्च अदालतले असन्तुष्टि व्यक्त गर्दै शर्माले टिभीमै गएर सिंगो देशसँग माफी माग्नुपर्ने बताएको छ । ‘नुपुर शर्मा देशव्यापी भावना भड्काउनमा जिम्मेवार छिन् । देशमा जे भइरहेको छ त्यसको जिम्मेवार उनी मात्रै हुन्,’ सर्वोच्च अदालतले फैसलामा भनेको छ । 

सर्वोच्च अदालतले यो आदेश हालैकैमा शार्माप्रति असन्तुष्टि जनाउँदै भनेको छ, ‘यो निवेदनले शर्माको अहंकारलाई प्रतिबिम्बित गर्छ । देशका न्यायधिशलाई उनले नगन्य ठान्ने रहिछन् ।’ ‘कोहीविरुद्ध एफआईआर दर्ता भए पनि उ पक्राउ परेन भने यसले तपाईंको पहुँचलाई देखाउँछ । आफू पछाडि ठूला मानिस छन् भन्ने लागेपछि जस्तो गैरजिम्मेबार बयान दिँदै हिँड्ने गरेका छन्,’ अदालतले नुपुर शर्माका वकिललाई भन्यो । 

अदालतको क्रुद्ध टिप्पणीपछि नुपुर शर्माका वकिलले अदालतमा पेश गरेका तिनको क्लाईन्टको निवेदन फिर्ता लिन अनुमति मागेका थिए । साथै तिनले ‘नूपुर कतै नजाने र अनुसन्धानका लागि बोलाउँदा एजेन्सीलाई पूर्ण सहयोग गर्ने’ आश्वासन पनि दिएका छन् । स्रोत : बीबीसी हिन्दी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप