शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इलाममा सवारी दुर्घटना हुँदा चालकसहित १३ जना घाइते

शुक्रबार, १७ असार २०७९, १७ : ४४
शुक्रबार, १७ असार २०७९

इलाममा सवारी दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका छन् । दुर्घटना शुक्रबार दिउँसो इलाम नगरपालिका १ मिलगोमा भएको प्रहरीले जनाएको छ । 

 ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको मे.१ ज. ३३२९ नं. को बोलेरो गाडी आफै अनियन्त्रीत भई रोडबाट करिब ५०० मि. तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ  ।

घाइते हुनेमा ताप्लेजुङ पाथिभरा याङ्बरक गाउँपालिका ५ बस्ने २१ वर्षीय मनिषा तामाङ, वडा ६ का २४ वर्षीय लोकेन्द्र सिलवाल,  फुङलिङ नगरपालिका ६ बस्ने ३० वर्षीय निमा खतिवडा रहेका छन् । यस्तै  झापाको मेचिनगर नगरपालिका ९ बस्ने २२ वर्षीय  दिवान राई, १० महिनाकी रियन्सा राई, २२ वर्षीय मञ्जली राई,  भद्रपुर नगरपालिका ३ बस्ने ५३ वर्षीय इन्द्र ब. कार्की ,५६ वर्षीय जित ब.थेबे, पाँचथरको फालेलुङ गाउँपालिका १ बस्ने ३२ वर्षीय  अप्सरा कोइराला,  याङबरक गाउँपालिका ५ का ५१ वर्षीय प्रेम तामाङ,  ६ बस्ने २३ वर्षीय दिपेन्द्र कोइराला, भोजपुरको श्यामसिला गाउँपालिका १ बस्ने २७ वर्षीय सुरेन राई, इलामको इलाम नगरपालिका २ का २४ वर्षीय चालक चुडामणि घिमिरे रहेका छन् ।

घाइतेहरुको जिल्ला अस्पताल इलाममा सामान्य उपचार गरी सघन उपचारको लागि झापा पठाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप