मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङको चामे गाउँपालिकाले समेट्यो सातवटा गौरवका आयोजना

शुक्रबार, १७ असार २०७९, १८ : २७
शुक्रबार, १७ असार २०७९

मनाङको चामे गाउँपालिकाले आर्थिक वर्ष  २०७९/८० का लागि सातवटा गौरवको आयोजना समेटेको छ  । गौरवका योजनामध्ये लोकप्रिय माविका लागि ४५ लाख, गौरी शंकर आवासीय माविका लागि २० लाख, स्यार्कुस्थित शीत भण्डार निर्माणका लागि ७० लाख विनियोजन गरेको छ ।

सोबाहेक चामे बजार खानेपानी विस्तार र ढल निकास आयोजनाका लागि एक करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ भने बसपार्क निर्माणका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ । यसैगरी चामे सिटी हल भान्छा घर र शौचालय निर्माणका लागि ३० लाख रुपैयाँ विनियोजन गरेको छ भने चामे विद्युत् आयोजनाका लागि ७५ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३१ करोड बढी बजेट विनियोजन गरेको छ । गाउँपालिकाले गाउँ सभामार्फत आर्थिक वर्ष ०७९/०८० का लागि ३१ करोड ३७ लाख ७४ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको हो । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि चालूतर्फ १० करोड १४ लाख ९७ हजार रुपैयाँ विनियोजन गरेको छ भने पुँजीगततर्फ २१ करोड २२ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि संघीय सरकार, प्रदेश सरकार र आन्तरिक गरी सो बजेट प्राप्तिको स्रोत आधार मानेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि केन्द्र सरकारबाट हुने समानीकरण अनुदान सात करोड १३ लाख हुने जनाएको छ भने संघीय सरकारबाट राजस्व बाँडफाँटतर्फ चार करोड ३७ लाख ९९ हजार रुपैयाँ हुने जनाएको छ । त्यसैगरी केन्द्र सरकारबाट सशर्त अनुदानतर्फ आठ करोड १४ लाख, विपद् व्यवस्थापनअन्तर्गत समपुरक अनुदान एक करोड ७९ लाख हुने जनाएको छ । सोबाहेक केन्द्र सरकारबाट अन्य अनुदानमा स्वास्थ्यतर्फ ५० लाख र बसपार्क निर्माणका लागि ६० लाख हुने जनाएको छ ।

त्यसैगरी प्रदेश सरकारबाट समानीकरण अनुदानतर्फ ४२ लाख ५७ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरेको छ । त्यसैगरी प्रदेश सरकारबाट राजस्व बाँडफाटतर्फ ६ लाख ४८ हजार, विशेष अनुदानतर्फ ७९ लाख र समपुरक अनुदानतर्फ थप ५० लाख हुने अनुमान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप