शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘बैंकिङ तरलता र भुक्तानी सन्तुलमा भएको घाटाले अर्थतन्त्रमा समस्या आयो’

शुक्रबार, १७ असार २०७९, १८ : ४१
शुक्रबार, १७ असार २०७९

अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले बैंकिङ तरलता र भुक्तानी सन्तुलमा भएको घाटाले अर्थतन्त्रमा समस्या आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.उप्रेतीले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय बैंकिङ कर्जा विस्तार १९ प्रतिशतले र निक्षेप ५ प्रतिशतको वृद्धि रहेको बताए । डा.उप्रेतीले कोरोना महामारीपछि अत्याधिक रुपमा वस्तु आयात भएकाले भुक्तानी सन्तुलनमा घाटा भइरहेको बताए । उनले पछिल्लो ७ महिनादेखि लगातार विदेशी मुद्रा सञ्चिति गिरावट भइरहे पनि सरकारले आयात नियन्त्रण नीति लिएको कारण नियन्त्रणमा रहको बताए ।  डा.उप्रेतीले मुद्रा सञ्चिति स्थिर हुनु भनेको सरकारले आयात नियन्त्रण गर्न लिएको नीति कार्यान्वयन भएको बुझ्नपर्ने जिकिर गरे । उनले चालु आर्थिक वर्षको असार मसान्तसम्म १९ सय अर्बको आयात हुनसक्ने बताए । डा.उप्रेतीले अबको तीन/चार वर्षसम्म विदेशी मुद्रा सञ्चितिमा दबाब कायम नै रहने दाबी गरे ।  

त्यस्तै अर्थविद् डा. गोविन्द नेपालले मुलुकको अर्थतन्त्रमा शंकटमा रहेको अझै थप शंकटहरु बढ्दै जाने बताए । उनले शंकट भन्दैमा श्रीलंकाको जस्तो अवस्थामा भने नपुग्ने बताए । अर्थविद् डा.नेपालले सरकारले बजेट कार्यान्वयन हुनेमा शंका व्यक्त गरे । उनले सरकारले आगामी बजेटमार्फत कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन पर्ने उदेश्य गरेपनि किसानहरुलाई समयमा नै मल उपलब्ध गराउन नसकेकाले बजेट कार्यान्वय हुने अवस्था कमजोर रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप