बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीद्वारा दुई मुलुकका लागि राजदूत नियुक्त

शुक्रबार, १७ असार २०७९, २० : ०७
शुक्रबार, १७ असार २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई मुलुकका लागि राजदूत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले शुक्रबार गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ प्रा श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोको गैह्रआवासीय र तीर्थराज वाग्लेलाई बहराइनका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप