थाई स्माइल एयरवेजले सुरु गर्यो बैंकक–काठमाडौं सिधा उडान
थाइल्याण्डको वायुसेवा प्रदायक कम्पनी थाई स्माइल एयरवेजले आजदेखि बैंकक–काठमाडौं–बैंकक गन्तव्यमा सिधा उडान सुरु गरेको छ । कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९टिआइए० भएर पहिलो पटक नियमित उडान सुरु गरेको हो ।
बैंककबाट दिउँसो काठमाडौं विमानस्थल अवतरण गरेको विमान यात्रु लिएर गन्तव्यतिर फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । कम्पनीले दुईतर्फी दैनिक एक उडान भर्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई स्माइलले आवश्यक सबै प्रक्रिया पु¥याएर हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको छ । नेपालका लागि थाई स्माइलको आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभल रहेको छ । कम्पनीले कूल १६२ सिट क्षमताको एयरबस ३२० विमानबाट उडान भरेको जनाएको छ ।
थाइल्याण्डको बैंकक मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल थाई एयरवेजको भगिनी संस्था हो । थाई स्माइलले सन् २०१२ जुलाईदेखि व्यावसायिक उडान सुरू गरेको थियो । कम्पनीले थाइल्याण्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङ्कङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि