शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उद्धव ठाकरेले जाँदाजाँदै औरंगावाद सहरको नाम बदलेर किन सम्भाजीनगर राखे ?

शुक्रबार, १७ असार २०७९, २१ : ३५
शुक्रबार, १७ असार २०७९

उद्धव ठाकरे नेतृत्वको मन्त्रिपरिषद्ले बुधवार (जुन २९) साँझ उसको अन्तिम प्रमुख निर्णयमा औरंगाबाद सहरको नाम बदलेर सम्भाजीनगर र हैदराबादका अन्तिम शासक मीर उस्मान अली खानको नाममा राखिएको उस्मानाबाद सहरलाई धाराशिव बनायो । 

किन फेरियो सहरको नाम ?

नाम परिवर्तन जुन २९ मा तय गरिएको अविश्वासको मतपछि ३१ महिने महाविकास अघाडी  सरकारको सम्भावित पतन हुनुअघि आफ्नो हिन्दुत्व प्रमाणहरू जलाउनका लागि शिवसेनाले गरेको प्रयास हो ।  विपक्षी बीजेपीले आफ्नो धर्मनिरपेक्ष सहयोगी एनसीपी र काँग्रेसको दबाबमा विशेष गरी औरंगाबादको नाम परिवर्तन गर्ने आफ्नो वाचामा अडिग नभएकोमा सेनालाई बारम्बार खिल्ली उडायो । 

एकनाथ शिन्देको नेतृत्वमा शिव सेनाबाट विद्रोह गरेको गत हप्तामा उद्धव ठाकरेको नेतृत्वको शिव सेनाको हिन्दुत्वप्रतिको प्रतिबद्धतामा खुलेर प्रश्न उठाएका छन् ।  बाल ठाकरेको पार्टीले एनसीपी र काँग्रेसको निर्देशनमा विस्तारै आफ्नो मूल विचारधारालाई आत्मसमर्पण गरेको आरोप लगाए । 

औरंगाबाद नै किन ?
उस्मानावादको पुरानो नाम हो धाराशिव । यस भेगका ग्रामीण क्षेत्रमा अझै पनि मानिसहरु सहरलाई धाराशिव नै भन्छन् । यसैले यसको नाम परिवर्तनमा त्यति विवाद देखिन्न् ।  मुख्य विवाद औरंगावादको नामलाई लिएर देखिन्छ । र यो विवाद दुई दशकदेखि कायम छ ।

औरंगाबादको स्थापना सन् १६१० मा अहमदनगरका निजाम शाही वंशका सिद्दी जनरल मलिक अम्बरले गरेका थिए । त्यस समयमा सहरको नाम खिर्की वा खड्की थियो । सन् १६२६ मा मलिकको मृत्युपछि उनका छोरा फतेह खानले शहरको नाम परिवर्तन गरी फतेहपुर राखे ।

तर सन् १६५३ मा मुगल सम्राट औरंगजेबले डेक्कन भेगमा आक्रमण गरी यो सहरलाई आफ्नो राजधानी बनाए । उनैले सहरको नाम औरंगाबाद घोषणा गरेका थिए ।  छत्रपति शिवाजी महाराजका छोरा र उत्तराधिकारी छत्रपति सम्भाजी महाराजलाई औरंगजेबको आदेशमा सन् १६८९ मा निर्ममताका साथ मारिएको थियो । अहिले उनै मारिने सम्भाजीको नाममा सहरको नाम सम्भाजीनगर राखिएको छ । 

हिन्दूवादी तथा मराठा (उप)राष्ट्रवादको कट्टर समर्थक शिव सेनाले मराठा साम्राज्यलाई निक्कै विस्तार गरेका छत्रपति शिवाजी भोसले र उनका वंशलाई आदर्श मान्ने गर्छ । 

शिव सेना र औरंगावादको सम्बन्ध

सन् १९८० को दशकको उत्तरार्धमा, मुम्बई–ठाणे बेल्टमा पकड बनाएपछि शिव सेनाले राजनीतिक सक्रियता बढाएको पहिलो सहर थियो, औरंगावाद । सहरका ३०% मुस्लिम जनसंख्याका कारण शिव सेनाको आगमनपछि यहाँ तिव्र ध्रुवीकरण बढ्यो । 

सन् १९८८ मा सहरमा भएको साम्प्रदायिक दंगामा २५ भन्दा बढि व्यक्तिको हत्या भएको थियो । त्यसपछिको चुनावमा शिव सेनाले औरंगाबाद नगर निगमको चुनाव जित्यो ।  सन् १९८८ मा शिव सेना प्रमुख बाल ठाकरेले औरंगावादको नाम सम्भाजी महाराजको नाममा सम्भाजीनगर राख्ने घोषणा गरे । सन् १९९५ मा औरंगाबाद नगर निगमले नाम परिवर्तनको लागि एक प्रस्ताव पारित गर्यो । राज्यको तत्कालीन शिव सेना नेतृत्वको सरकारले यसबारे मानिसहरूबाट सुझाव र गुनासो माग गरेको थियो । 

उक्त अधिसूचनालाई कांग्रेसका तत्कालीन एएमसी कर्पोरेटर मुश्ताक अहमदले उच्च अदालतमा चुनौती दिएका थिए । नाम परिवर्तनको निर्णय नभईसकेको अवस्थामा मुद्दालाई अदालतले खारेज गरिदिए पनि नाम परिवर्तनको विवाद पटक पटक सतहमा आउने गर्छ ।  

पछिल्लो समय शिवसेना सत्तामा पुगेपछि भाजपा र राज ठाकरेको महाराष्ट्र नवनिर्माण सेनाले बाल ठाकरेको वाचा पूरा गर्न असफल भएकोमा पार्टीको आलोचना गरिरहेका थिए । शिव सेनाका सत्ता सहयात्री दल काँग्रेस र एनसीपी नाम परिवर्तन गर्न इच्छुक थिएनन् । 

सन् २०२० मार्चमा गठबन्धन सरकारले संकेतकै रुपमा औरंगाबाद एयरपोर्टलाई छत्रपति सम्भाजी महाराज एयरपोर्टको रूपमा नामकरण गर्ने प्रस्ताव पारित गर्यो । केन्द्रबाट यस विषय अझै पास भएको छैन ।  शिव सेनाले आफ्नो राजनीतिक बयान र पार्टीको पत्रिका सामनामा औरंगाबादको सट्टा सम्भाजीनगर प्रयोग गर्दै आएपनि सहरको नाम परिवर्तन गर्न सकेको थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप