शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिर्गौला बेच्न युवालाई भारत लैजाँदै गरेका २ जना कोटेश्वरबाट पक्राउ

शुक्रबार, १७ असार २०७९, २२ : १४
शुक्रबार, १७ असार २०७९

मिर्गौला बेच्न दुईजना युवालाई भारत लान खोजेको आरोपमा प्रहरीले काठमाडौंको कोटेश्वरबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको तम्घास–२ घर भएका विजय कुँवर र बाँकेको नेपालगञ्ज–२० घर भएका बिमल शाही छन् ।

प्रहरी प्रभाग कोटेश्वरले आरोपीहरुलाई पक्राउ गरेर मानव वेचविखन ब्यूरोमा बुझाएको छ । आरोपीहरुमाथि मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको मानव बेचविखन ब्यूरोका प्रमुख (एसएसपी) टेक प्रसाद राईले रातोपाटीलाई बताए ।

सर्लाही घर भएका २० वर्षीय र ३० वर्षीय युवकलाई उनीहरुले हेटौंडा–बीरगञ्जबाट रक्सौल हुँदै कोलकत्ता लैजाने तयारी गरेका थिए । आरोपीहरुले किड्नी बेच्न तयार दुई जनालाई कालोपुल नजिकैको होटलमा राखेर रगत परीक्षण गराएका थिए ।

ती युवाहरुलाई कोलकत्तासम्म लैजाने जिम्मा विजय कुँवरले लिएका थिए । नेपालबाट कोलकत्तासम्म लगेबापत काठमाडौंमा सक्रिय गिरोहले ५ लाख लिने गरेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सो गिरोहका मुख्य नाइके फरार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप