बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अन्ततः राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे

शनिबार, १८ असार २०७९, ०६ : ०१
शनिबार, १८ असार २०७९

प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा असहमत देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एका-एक सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएका छन् । 

बागमती प्रदेशमा  एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुको कारण सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलनको तयारी गर्नु पनि हो । 

माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छोड्न सकारात्मक देखिएका हुन् । 

उनले आज संसदीय दलको बैठक बोलाएर राजीनामा दिने तयारी गरेका छन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप