बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : जिन्दगी पहिरो

शनिबार, १८ असार २०७९, ०६ : ४२
शनिबार, १८ असार २०७९

असंख्य सपनाको भारी बोकेर 
साकार पार्नको निम्ति 
दौडिरहेछ त्यो एउटा मान्छे,
ऊ कहिले चोकमा भेटिन्छ
ऊ कहिले गल्लीमा भेटिन्छ
ऊ कहिले चौतारीमा भेटिन्छ
ऊ कहिले कार्यालयमा भेटिन्छ 
ऊ कहिले घरमा भेटिन्छ
ऊ कहिले खेतबारीमा भेटिन्छ 
हरेक समय उसलाई ठाउँ ठाउँमा देखिन्छ 
थाहा छैन उसका असंख्य सपना 
पुरा हुन्छन् या हुन्नन् ?
किनकि,
ऊ आफ्ना हजारौँ सपना बोकेर दौडिरहेकै छ 
एकदिन उसको जिन्दगीमा बेतमासले 
ठूलो आँधीहरु चल्नेछ 
पुर्ने छ असंख्य सपनाका भारी 
उडाउनेछ हजारौँ सपनाका लहर 
अनि अर्धसपनामै उसको जिन्दगी 
सधैँ सधैँको लागि समाप्त हुनेछ ।
 खोटाङ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप