शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एसियन हाप्किडो च्याम्पियनसिपमा विजया कुमारी वाइवाले जितिन् स्वर्णपदक

शनिबार, १८ असार २०७९, ०८ : ०३
शनिबार, १८ असार २०७९

उज्बेकिस्तानको फर्गानामा १ जुलाई देखि आयोजना भइरहेको एसिया हाप्किडो च्याम्पियनसिप २०२२ मा नेपालले स्वर्ण पदक जितेको छ ।  

हाप्किडो राष्ट्रिय खेलाडी विजया कुमारी वाइवाले महिला तर्फ ५० देखी ५५ तौल समूहमा स्वर्ण पदक प्राप्त गरेकी छिन । शुक्रबार भएको खेलमा उनले सो पदक हात पारेकी हुन् । हाप्किडो मार्सल आर्ट अन्तर्गत पर्ने एक खेल हो ।

यस्तै पुरुष तौल समूह तर्फ ७० देखी ७५ तौल समूहमा प्रवीण गुरुङले कास्य पदक प्राप्त गरेका छन् । ६० देखी ६५ तौल समूहमा गुमान घर्ती मगरले कास्य पदक प्राप्त गरेको नेपाल मार्शल आट्र्स हाप्किडो संघ अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्तीमगरले रातोपाटीलाई जानकारी दिए । 

आज महिला तर्फ ४५ देखी ५० तौल समूहमा कृती गिरिको प्रतिस्पर्धा हुँदैछ । नेपालले १ स्वर्ण र २ कास्य पदक प्राप्त गरेपछि  प्रशिक्षक भुवन बुढा मगरले खुसी व्यक्त गरेका छन् । 

एसियाली हाप्किडो प्रतियोगितामा सहभागी हुन नेपाल मार्शल आट्र्स हाप्किडो संघ अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघका समेत अध्यक्ष काली बहादुर घर्तीमगरको नेतृत्वमा ७ सदस्य टोली मंगलवार उज्जेकिस्तान प्रस्थान गरेको थियो । 

प्रतियोगिताका लागि गण्डकी प्रदेश खेलकुद परिषद्की कार्यकारी सदस्य तथा गण्डकी प्रदेश हाप्किडो संघकी उपाध्यक्ष तारामाया थापा टिम व्यवस्थापक रहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप