
थाइल्यान्डबाट आएका यात्रुको सुटकेसको ह्यान्डल नै सुनको भेटिएपछि...

थाइल्यान्डबाट नेपाल आएका एक यात्रुले सुटकेसको ह्यान्डल नै सुनको बनाएर ल्याएको पाइएको छ ।
शुक्रबार नेपाल एयरलाइन्समार्फत नेपाल आएका राकेश तुलाधरलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।
तुलाधरले प्रयोग गरेको सुटकेसलाई भन्सार अधिकृतले चेकजाँच गर्ने क्रममा सुटकेस उचाल्न प्रयोग हुने ह्यान्डल साइडको भित्र पटिेट शंकास्पद धातु रहेको पाइएपछि सुटकेस च्यातेर हेर्दा करिव ५ इन्च लम्बाइ र १ इन्च चौडाइ भएको सुन फेला परेको हो ।
उक्त सुनको कुल तौल २६७.४ ग्राम रहेको बताइएको छ । घटनामा तुलाधर मात्र संलग्न छन् या अन्यको पनि संलग्नता रहेको छ भन्ने विषयमा अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ