बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कविताः सुन्दै क्या गजब लागोस् न

शनिबार, १८ असार २०७९, ०९ : ५६
शनिबार, १८ असार २०७९

घटाउने होइन, बढाउनु छ पेट्रोलको दर
किनकि अझै सेक्नु छ जनताको ढाड
यतिसम्म कि एक लिटर तेल किन्न
एक दिनको छाक काट्नु परोस्
ठेकेदारहरु विनोद चौधरी बन्ने सपना देख्दा
यता, भुइँ मान्छेहरु उठ्नै नसकुन्
त्यसैले, बढाउनु छ तेलको भाउ
सुन्दै क्या गजब अनि मजाक लागोस् न ...।

निगमलाई देशकै घाटा संस्था बनाएर
जायजेथा लिलाम गर्न लगाएर
अनि बन्द गर्नु छ सदाको लागि
पाउनु छ, बधाईको ओइरो सबैतिरबाट
आखिर, देश चलाउने नेता होस् या कर्मचारी
दुवैको एउटै उद्देश्य देश डुबाउनु त रहेछ
राज्यको ढुकुटी रित्याउनु त रहेछ ।
कुलमान त केवल अपवाद न हुन् 

त्यो हुलका हुल मान्छेले पाइ रहेझै
थाप्नु छ सम्मान स्वरुप
राष्ट्र प्रमुखबाट एक थान पदवी
राष्ट्रिय पोशाकमा सजिएर
राजधानीको मुटुमा आयोजित समारोहबाट
निगमलाई डुबाउन सफल भएकोमा
सुन्दै क्या गजब अनि मजाक लागोस् न ...।

 खानीखोला–४ फुलडाँडा, काभ्रे

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप