मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : जनताको सेवक

शनिबार, १८ असार २०७९, ०९ : ५८
शनिबार, १८ असार २०७९

यी नेताहरु
चुनाव आउन आँटेपछि भन्छन्
जनताको सेवक हुँ
पत्याउनु हुन्छ तपाईं ?

सेवक हुनलाई
के यिनीहरु बस्न सक्छन्
सर्भेन्ट क्वाटरमा ?
छोड्न सक्छन् 
ऐश आरामका महल ?

सेवक हुनलाई
के लगाउन सक्छन् 
आफै झाडु
मन्त्रालय र सरकारी कार्यालयमा ?
चित्त बुझाउन सक्छन्
मेहनतले पसिना बगाएर खान ?
के छोड्न सक्छन्
आवश्यक भन्दा धेरै
तलब, भत्ता र सुखसयलका भ्रमण ?

तसर्थ नेताहरु
बोलेर हैन, गरेर देखाऊ
बिन्ती छ 
जनताको मालिक भएर
जनताको सेवक हुँ
कहिल्यै नभन

बरू साँच्चै सेवक बन्न
मन छ भने
जनताको मुहारमा खुसी ल्याउने
सधैँ सधैँ देशको निम्ति 
असल कार्य गर

हालः लस एन्जेलस
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राकेश कार्की
राकेश कार्की
लेखकबाट थप