शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलिउड अभिनेता राजपालविरुद्ध २० लाख रुपैयाँ ‘धोखाधडी’को उजुरी

शनिबार, १८ असार २०७९, १६ : १९
शनिबार, १८ असार २०७९

बलिउड अभिनेता राजपाल यादवमाथि ‘धोखाधडी’को आरोपमा इन्दौर प्रहरीले नोटिस जारी गरेको छ । उनीमाथि २० लाख रुपैयाँ धोकाधडीको आरोप छ । प्रहरीले उनलाई १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन निर्देशन दिएको छ ।

बिल्डर सुरिन्दर सिंहले प्रहरीलाई दिएको उजुरीमा राजपालले उनको छोरालाई समर्थन गर्न र बलिउडमा अगाडि बढाउन २० लाख रुपैयाँ लिएको उल्लेख गरेका छन् । तर, अहिलेसम्म उनको छोरालाई राजपालले कुनै काम नदिएको र उनलाई सहयोग पनि नगरेको दाबी गरेका छन् । उनले आफूले पैसा माग्दा राजपाल बेपत्ता भएको आरोप लगाएका छन् । प्रहरीले उजुरीकर्ताको निवेदनअनुसार छानबिन सुरु गरेको छ । प्रहरीले अभिनेताविरुद्ध नोटिस जारी गर्दै १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप