शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अघि बढ्छ : मेयर दाहाल

शनिबार, १८ असार २०७९, १९ : ५१
शनिबार, १८ असार २०७९

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताएकी छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले भरतपुर गरेको नवनिर्मित ट्रस उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले सो कुरा बताएकी हुन् ।

विगत ५ वर्षमा पनि सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढेको स्मरण गरिन् । मेयर दाहालले विगतमा राज्यद्धारा गरिएका थिचोमिचो, विभेद अन्य गर्न व्यवस्था परिवर्तनको लडाईमा होमिएकाले यसको मर्मअनुसार सबैलाई समान दृष्टिकोण राख्नुपर्ने उल्लेख गरिन् ।

‘पहिचानको अधिकारका लागि लडेर आएका हौ, उनले भनिन्, ‘संर्घषको फलस्वरुप व्यवस्था परिवर्तन भएको छ । अहिले राज्यको महत्वपूर्ण ठाउँमा सबै क्षेत्र, धर्म, वर्ग, समुदायको प्रतिनिधित्व भएको छ ।’ मेयर दाहालले अहिले मगर समुदायबाट राज्यको सम्माननीय पदको नेतृत्व  भैरहेको बताउँदै उपराष्ट्रपति नन्दबहादुर पुनको प्रशंसा गरेकी थिइन् ।

उनले भनिन्ः ‘उपराष्ट्रपति नन्दबहादुर पुन तपाईकै समुदायबाट हुनुहुन्छ’ उनले भनिन्, ‘सभामुख ओनसरी घर्ती हुनुभयो, उप्रधानमन्त्री रामबहादुर थापा हुनुभयो । अरु मन्त्रीहरु हुनुहुन्छ । यो पहिचानको लडाईले ल्याएको परिवर्तन हो ।’ मेयर दाहालले मगर समुदाय लगायत सबै समुदायको अधिकारका लागि महानगरपालिकाको अभिभावक भएको नाताले सधै साथमा रहने प्रतिवद्धता पनि व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप