शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समाजसेवी वलीको निधन

आइतबार, १९ असार २०७९, ०७ : ४४
आइतबार, १९ असार २०७९

समाजसेवी योगमाया वलीको ८५ वर्षको उमेरमा शनिबार निधन भएको छ।  मुटुसम्बन्धी समस्याका कारण काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा निधन भएको उनका छोरा पूर्ण वलीले जानकारी दिए । 

रुकुम पश्चिम मुसीकोट नगरपालिकाकी योगमाया लामो समय कम्युनिस्ट विचारधारामा आस्थावान् रही स्थानीय स्तरमा लामो समय समाजसेवामा सक्रिय थिइन् । 

१९९५ असार ३ गते जन्मिएकी उनको ३ छोरा र ३ छोरी छन् । स्वर्गीय वलीको आइतबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिन लागिएको परिवारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप