चीनले चन्द्रमा कब्जा गर्ने तयारी गर्दैछ : नासा

चीनले आफ्नो ‘सैन्य’ अन्तरिक्ष कार्यक्रम अन्तरगत चन्द्रमालाई ‘अधिग्रहण’ गर्ने तयारी गरिरहेको नासाका प्रशासक बिल नेल्सनले आशङ्का व्यक्त गरेका छन् । शनिबार ‘बिल्ड’ मा प्रकाशित अन्तरवार्तामा नेल्सनले अमेरिका यसपटक चीनसँग अन्तरिक्षको रेसमा रहेको बताएका हुन् । उनले २०३५ सम्म चीनले चन्द्रमामा आफ्नो स्टेसनको निर्माण पुरा गरिसक्ने र त्यसको एक वर्षपछि त्यसको प्रयोग सुरु गरिसक्ने बताए ।
७९ वर्षीय नेल्सनले चीन चन्द्रमा पुगेकोमा सबै चिन्तित रहनुपर्ने बताउँदै त्यसमा अब चीनको अधिकार हुने बताए । चीनको अन्तरिक्ष कार्यक्रमलाई ‘सैन्य अन्तरिक्ष कार्यक्रम’ बताउँदै चन्द्रमाको दक्षिणी ध्रुवका लागि प्रतिस्पर्धा तीव्र रहेको जिकिर गरे । त्यहाँ रहेको सम्भावित पानी भविष्यमा रकेटको इन्धन उत्पादनका लागि प्रयोग गर्न सकिने उनको भनाई थियो ।
चीनले किन अन्तरिक्ष कार्यक्रममा जोड दिइरहेको भन्ने प्रश्नमा नेल्सनले चिनियाँ अन्तरिक्ष यात्रीहरू अन्य देशको उपग्रहहरूलाई ध्वस्त बनाउन सिकिरहेको गम्भीर आरोप पनि लगाए । बेइजिङले आफ्नो महत्त्वाकाङ्क्षी अन्तरिक्ष कार्यक्रमलाई शान्तिपूर्ण उद्देश्यका लागि बताउँदै आए पनि नेल्सन त्यसको कटु आलोचक रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डले सकारात्मक जवाफ नदिएपछि चिढियो रास्वपा, रविले थाले आन्तरिक छलफल
-
६ जना थुनुवा भागेको घटनामा असईसहित ३ प्रहरी निलम्बित
-
माओवादी पदाधिकारी बैठक डेढ घण्टापछि सर्यो
-
नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै
-
नक्कली मल बेचेको आरोपमा सर्लाहीबाट पसले पक्राउ
-
प्रधानमन्त्रीलाई भेटेर रवि लामिछाने फर्किए, प्रचण्डले दिएनन् सकारात्मक जवाफ