शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उद्योग वाणिज्य सङ्घ सिरहामा सारडाको प्यानल विजयी

आइतबार, १९ असार २०७९, ११ : ०७
आइतबार, १९ असार २०७९

जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाको ३३ औं नगरसभाद्वारा आयोजित निर्वाचनबाट अध्यक्ष पदमा विकास शारडाको प्यानल विजयी भएको छ। निकटतम प्रतिस्पर्धी पशुपति साहभन्दा २२६ मत बढी प्राप्त गर्दै सारडा प्यानलसहित विजयी भएका हुन्।

सारडाले एक हजार ५२७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी साहले एक हजार ३०१ मत प्राप्त गरेको छ।

निर्वाचन अधिकृत उद्धव हमालले मतगणना सकिसकेको र विकास सारडाको प्यानल विजयी भए पनि आधिकारिक घोषणा हुन बाँकी रहेको जनाए। सङ्घको मतदान १७ असारमा भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप