ad
x

अरबका युवा नपुंसकतासँग सम्बन्धित औषधीको प्रयोग किन गरिरहेछन् ?

person explore access_timeअसार १९, २०७९ chat_bubble_outline0

इजिप्टको राजधानी कायरोको मुटुमा रहेको ऐतिहासिक बाब अल(शरियामा रहेको आफ्नो औषधीको पसलमा औषधीका जानकार अल–हबाशीले कामोत्तेजक र प्राकृतिक रुपमा यौन इच्छा बढाउने प्राकृतिक उपायलाई बेच्ने पसलेको रुपमा आफ्नो नाम स्थापित गरेका छन् । यद्यपि, पछिल्लो केही वर्षमा उनले आफ्नो ग्राहकको चाहनामा परिवर्तन देखेका छन् ।


‘अहिले धेरैजसो पुरुषले पश्चिमका कम्पनीहरूबाट आउने नीलो चक्की बोक्न थालेका छन्,’ उनी भन्छन्।



धेरै अनुसन्धानका अनुसार अरब देशका युवाहरूले सिल्डेनाफिल (व्यावसायिक रूपमा भियाग्रा भनेर चिनिने), भार्डेनाफिल (लेविट्रा, स्ट्याक्सिन) र टाडालाफिल (सियालिस) जस्ता औषधिहरू प्रयोग गरिरहेका छन् ।

प्रमाण हुँदा हुँदै पनि, आश्चर्यजनक रूपमा बीबीसीले इजिप्ट र बहराइनको सडकमा भेटिएका जो पनि व्यक्तिलाई ‘इरेक्टाइल’ सँग सम्बन्धित समस्याका कारण यसको सेवन गरिरहेको हो भनेर प्रश्न सोध्दा धेरै युवाहरूले यसलाई अस्वीकार मात्रै गरेनन्, ती मध्ये कतिले त यसबारे केही पनि थाहा नभएको भन्दै पन्छिए ।

कतिपयले यो विषयलाई समाजको नैतिकता विपरित भएको भन्दै बोल्न पनि मानेनन् ।

सूचीको शीर्ष स्थानमा साउदी अरब

वास्तवमा, सन् २०१२ को अध्ययन अनुसार, अरब देशहरूमा प्रति व्यक्ति एन्टि(इम्पोटेन्सी ड्रग्सको सबैभन्दा ठूलो उपभोक्ता इजिप्ट हो । यो सूचीमा साउदी अरब शीर्ष स्थानमा छ ।

यो रिपोर्ट प्रकाशित गर्ने साउदी अखबार अल रियादले साउदी अरबले यौन इच्छा जगाउने चक्कीमा वार्षिक १।५ बिलियन डलर खर्च गर्ने अनुमान गरेको थियो ।

उनका अनुसार साउदी अरबमा यसको खपत रुसको तुलनामा करिब १० गुणा थियो, जहाँ जनसंख्या त्यतिबेला पाँच गुणा बढी थियो ।

अरब जर्नल अफ युरोलोजीको हालैको अनुसन्धानका अनुसार यसमा सहभागी साउदीका ४० प्रतिशत युवाहरूले आफ्नो जीवनको कुनै न कुनै समयमा भियाग्रा जस्ता औषधि प्रयोग गरेका छन् ।

इजिप्ट अझै शीर्ष स्थानमा छ । सन् २०२१ को तथ्याङ्क अनुसार, त्यहाँ एन्टी(मस्क्युलिन ड्रग्सको बिक्री प्रति वर्ष लगभग १२७ मिलियन डलर हुन्छ, जुन सम्पूर्ण इजिप्शियन फार्मा बजारको २.८ प्रतिशत बराबर हो ।

केही मानिस कारबाही चाहन्छन्

नपुंसकतासँग जोडिएको अल–फन्कोस नामको एउटा औषधी सन् २०१४ मा इजिप्टको किरानाको पसलमा चकलेट बारको रुपमा देखिने गर्दथ्यो ।

अल-फन्कोसको मूल्य एक इजिप्टियन पाउन्ड बराबर थियो ।

अल-फन्कोस बजारमा आएको केही दिन पछि, स्थानीय मिडियामा यो बच्चाहरूलाई बेचेको खबर आएपछि यसको निर्मातालाई पक्राउ गरियो ।

एन्टी-इम्पोटेन्सी ड्रग्सको प्रयोग युवाहरूमा भन्दा वयस्कहरूमा बढी रहेको विश्वास गरिन्छ ।

यमनको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, यो त्यहाँ २० देखि ४५ उमेर समूहका बीचमा सबैभन्दा बढी प्रयोग गरिन्छ ।

स्थानीय रिपोर्टमार्फत् के थाहा हुन्छ भने सन् २०१५ मा हुथी आन्दोलनका विद्रोहीहरू र साउदी समर्थित सरकारबीच गृहयुद्ध सुरु भएदेखि युवाहरूबीच पार्टीहरुमा भियाग्रा र सियालिसको प्रयोग प्रचलित भएको छ ।

युरोलोजी र प्रजनन शल्यक्रियासँग जोडिएका ट्युनिसियाका प्राध्यापक मोहम्मद सफाक्सीले बीबीसीसँगको एक अन्तरवार्तामा यसबारे कुराकानी गरे । उनले भने, ‘यस्तो खालको औषधी उत्तेजना बढाउने खालको होइन र धेरैजसो अवस्थामा यसलाई वृद्ध–वृद्धाको उपचारमा प्रयोग गरिन्छ ।’

यसैबीच, मध्यपूर्वमा यौनिकताका एक विज्ञले वर्तमान संस्कृतिका कारण अरब युवाहरूले यस्ता औषधीको प्रयोग गरिरहेको बताउँछन् ।

इजिप्टियन-युके पत्रकार तथा सेक्स एण्ड द सिटाडेल : इन्टिमेट लाइफ इन अ चेन्जिङ अरब वर्ल्डकी लेखक शरिन अल फेकीले यसको प्रयोगमा केही ठूला कारण हुनसक्ने बताएकी छिन् ।

सन् २०१७ मा मध्य(पूर्वी देशहरूमा लैङ्गिक समानतामा संयुक्त राष्ट्र समर्थित एक महत्त्वपूर्ण सर्वेक्षणको नतिजाको जवाफ दिँदै, अल(फेकी भन्छिन्, ‘यो सर्वेक्षणमा लगभग सबै सहभागीहरू भविष्यको बारेमा चिन्तित थिए । कतिले पुरुष हुनुको दबाब बारे बताए । यस्तै आजकालका पुरुषको पुरुषत्व कसरी हराउँदै गएको छ भनेर महिलाले बताए ।’

उनी भन्छिन्, ‘सेक्सका बेला प्रदर्शनमाथि सबैभन्दा बढी जोड थियो ।’

ऐतिहासिक अवधारणाहरु

यौन आवश्यकताहरूको लागि औषधीको प्रयोग अरब समाजमा नयाँ आधुनिक घटना मानिन सक्छ, तर कामोत्तेजकहरूको प्रयोग अरब इतिहासमा लोकप्रिय संस्कृतिको हिस्सा रह्यो ।

१४ औं शताब्दीका प्रख्यात मुस्लिम विद्वान तथा लेखक इब्न कयुम अल-जौजियाले यौन इच्छा बढाउने उद्देश्यले आफ्नो किताबको सिरिज प्रोविजन्स फ द हियर आफ्टर, हर्बल व्यञ्जनको संग्रहमा यसबारे लेखेका छन् ।

शरिन अल(फेकी भन्छिन्, ‘अरब परम्परा र इस्लामिक रीतिथितिहरूले महिलाहरूलाई पुरुषको तुलनामा बढी प्रभावशाली र शक्तिशाली यौन इच्छा भएको रुपमा देखाइन्छ, जबकि पुरुषहरूले यसलाई कायम राख्नको लागि आफ्नो यौन प्रदर्शन सुधार गर्न आवश्यक महसुस गर्छन् ।’

यो अवधारणा ओटोमन साम्राज्यको समयमा लेखिएको पुस्तकमा पाइन्छ । अहमद बिन सुलेमानले १५१२ देखि १५२० सम्म शासन गर्ने सुल्तान सेलिम प्रथमको अनुरोधमा आफ्नो पुस्तक ‘शेख रिटर्न टु युथ’ ले यसलाई आफ्नो किताबमा लेखेका थिए ।

यो पुस्तक यौन रोगहरूको उपचारको विस्तृत शब्दकोश थियो, साथै यो पुरुष र महिलाको यौन इच्छालाई बढावा दिने बारेमा पनि लेखिएको थियो ।

सयौँ वर्ष पछि, अझै पनि अरबका युवाहरू उपचारमा फर्किरहेका छन् र उनीहरुका लागि बजार जीवन्त छ ।

बीबीसी

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।