बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी बैठकका ९ एजेण्डा तय, एमसीसी आउट !

आइतबार, १९ असार २०७९, १३ : ३३
आइतबार, १९ असार २०७९

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा विभिन्न ९ एजेन्डाबारे छलफल हुने भएको छ । बैठकमा एमसीसीबारे छलफल हुने अपेक्षा गरिएपनि एजेण्डामा सो विषय परेको छैन ।  यसअघि बसेको केन्द्रीय समिति बैठकले एमसीसीबारे अर्को बैठकमा छलफल हुने निर्णय गरेको थियो । तर, लामो समयपछि बसेको केन्द्रीय समिति बैठकमा सो विषयलाई छलफलकै विषय नबनाइएको हो।  

आइतबारदेखि प्रज्ञा भवन कमलादीमा सुरु बैठकमा अध्यक्ष प्रचण्डले सपथग्रहण, बैठक सन्चालन प्रक्रियाबारे जानकारीका साथै प्रदेशहरूबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध एजेण्डा पेश गरेका छन् । 

एमसीसी संसदबाट पारित भएपछि नेता नारायणकाजी श्रेष्ठ समूहले तीव्र विरोध जनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप