बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हरिहर शर्मा ‘कलाकर्मी सम्मान–२०७९’ बाट सम्मानित

आइतबार, १९ असार २०७९, १३ : ३८
आइतबार, १९ असार २०७९

वरिष्ठ कलाकार हरिहर शर्मा ‘कलाकर्मी सम्मान २०७९’ सम्मानित भएका छन् । कलाकर्मी मिडिया म्यानेजमेन्टले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा शर्मा नगद राशिसहित सम्मानित भएका हुन् । काठमाडौँ महानगर पालिकाको उपमेयर सुनिता डङ्गोल, कलाकर्मी मिडियाका कृष्ण भट्टराई, अभिनेता भुवन केसी लगायतले शर्मालाई सम्मान प्रदान गरे । 

कार्यक्रममा शर्मा सहित अन्य ४ जना पनि सम्मानित भएका छन् । सम्मानित हुनेमा शिक्षा सेवी उत्तम कुमार सन्जेल, सामाजिक अभियन्ता ताराबहादुर कुँवर, समाजसेवी तिलबहादुर कार्की तथा गीतकार अम्बिका गुरुङ रहेका छन् । 

कार्यक्रममा कलाकर्मी मिडिया म्यानेजमेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंक समेत सार्वजनिक भयो । जसको सम्पादक बबिता ढकाल हुन् । 

कार्यक्रममा कलाकार रवीन्द्र खड्का, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेम नाथ ठाकुर, कलाकार निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला कलाकार संघका उपाध्यक्ष मोहन निरौला, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, ईन्टिच्यूट अफ फेसन टेक्नोलोजीका सञ्चालक टेन्जिङ शेर्पा, काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ का सदस्य हीरादेवी पोखरेल, निर्देशक कृष्णदेव रुपाखेती लगायत थुप्रै ब्यक्तिको उपस्थिती रहेको थियो । 

‘कलाकमी डाइजेष्ट’ पत्रिकामा राजनीति, मनोरञ्ज, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद, आर्थिक लगायतका विषयवस्तुले प्राथमिकता पाउनेछ । पत्रिकाका प्रकाशक कृष्ण भट्टराई हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप