शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दिया र रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

आइतबार, १९ असार २०७९, १४ : १५
आइतबार, १९ असार २०७९

बर्दिया र रुपन्देहीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।  बर्दियाको गुलरिया नगरपालिका–८ भन्सार चोकस्थित सडकमा गुलरिया नगरपालिका १६ नम्बरको टाँगाले ठक्कर दिँदा शनिबार एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा साइकलयात्री गुलरिया नगरपालिका–८ सुरजपुर बस्ने ७० वर्षीय वीरबहादुर सुनार रहेका छन् ।  ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बर्दिया हुँदै नेपालगन्ज नर्सीङहोममा थप उपचारको क्रममा मृत्यु भएको हो । टाँगा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ दश नम्बर चोकस्थित सडकमा लु.७९ प ५४९१ नम्बरको स्कुटर शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्कुटर चालक सोही ठाउँ बस्ने ५० वर्षीय तुलसी पाठक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप