शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विनोद शाही मृत फेला प्रकरण : पञ्चदेवल नगरपालिकाका प्रमुख पक्राउ

आइतबार, १९ असार २०७९, १५ : २२
आइतबार, १९ असार २०७९

अछामको पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नगरपालिका वडा नम्बर ४ बस्ने किशोरविनोद शाहीको मृत्यु प्रकरणको अनुसन्धान गर्न शनिबार नगर प्रमुख चलाउने सहित थप एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शाही मृत घटनाको अनुसन्धान गर्न भन्दै प्रहरीले यसअघि ५ जनालाई नियन्त्रणमा लिएको थियो । शनिबार नगर प्रमुख चलाउने र नेत्र शाहीलाई नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आर्चायले जानकारी दिए । 

यस्तै जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ । केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेश गर्ने जनाएको छ । विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए । उनको हत्या गरिएको भन्दै परिवारले नगर प्रमुख चलाउने सहित १३ जनाको नाममा प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप