अन्तर्घातीलाई कारबाही गर्न एमालेले बनायो समिति, पौडेल बने कमाण्डर

नेकपा एमालेले स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न समिति बनाएको छ । नेता विष्णु पौडेलका संयोजकत्वमा एमाले सचिवालय बैठकले पौडेलको संयोजकत्वमा निर्वाचन विभाग र संगठन विभाग प्रमुख सदस्य रहनेगरी उजुरी छानबिन समिति बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सोही छानबिन समितिको निष्कर्षका आधारमा पार्टीले अन्तर्घातीलाई आवश्यक कारबाही गर्नेछ । एमालेले स्थानीय चुनावबाट पार्टी मुल शक्तिका रुपमास्थापित भएपनि परिणाम अपेक्षा गरे अनुरुप हुन नसकेको ठहर गरेको छ ।
यसको कारण आन्तरिक समस्याहरु रहेको गुरुङको भनाइ छ । अब भने पार्टीभित्र देखापरेका अनुशासनहीनता र अराजकतालाई अन्त्य गरेर पार्टीलाई चुस्त/दुरुस्त बनाएर चुनावमा जाने निर्णय गरेको पनि उनले बताए । उनले असार मसान्तभित्र स्थानीय निर्वाचन समीक्षा गरिसक्ने निर्णय भएको बताए । त्यसका लागि जिल्ला तथा मातहत कमिटीहरुले गरेको आत्मसमीक्षा असार मसान्तभित्र पार्टी हेडक्वार्टरमा उपलब्ध गराउन पनि एमालेले निर्देशन दिएको छ ।
याे पनि