शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिडिया हाउससँगको समन्वय बढाउने एमालेको चुनावी रणनीति

आइतबार, १९ असार २०७९, १८ : ३२
आइतबार, १९ असार २०७९

नेकपा एमालेले स्थानीय तह निर्वाचनको समिक्षा गर्दै आगामी निर्वाचनका लागि थप रणनीति तय गर्ने भएको छ । आइतबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

जसमा  यही असारभित्र स्थानीय तहको निर्वाचन समिक्षा गरेर अव हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारी गर्ने भएको हो । त्यसका लागि एमालेले अहिलेबाटै प्रचार संयन्त्र परिचालनको नीति बनाएको छ । जसमा पार्टीको एप प्रयोग गर्नेदेखि मिडिया हाउससँगको समन्वयमा वृद्धि गर्ने र सामाजिक सञ्जालको अत्याधिक प्रयोग गर्ने भएको छ । 

‘केन्द्रीय प्रचार तथा प्रकाशन विभागको कार्ययोजनालाई समेटेर एमाले एपको व्यापक प्रयोग गर्ने, मिडिया हाउससँग समन्वय वृद्धि गर्ने, प्रचार क्षेत्रको काममा संगठन र कार्यकर्ताहरूलाई पूर्णरुपमा परिचालन गर्ने, सामाजिक सञ्जालको प्रयोगमा अत्याधिक ध्यान दिने योजना छ’, प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिए ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप