
महिला ओपन गल्फ प्रतियोगिता सम्पन्न

मुलुकमै पहिलो पटक आयोजित महिला ओपन गल्फ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदक र पुरस्कार प्रदान गरिन् ।
रोयल नेपाल गल्फ क्लबमा शनिवार आयोजित प्रतियोगितामा सुस्मा सिग्देल विजेता भइन् । विजेता सिग्देललाई राष्ट्रपति भण्डारीले स्कुटरसहित पदक र प्रमाणपत्र प्रदान गरेकी थिइन् । प्रतिष्पर्धा र समुदायबाट महिला गल्फरको सशक्तीकरण नारासहित प्रतियोगिता भएको हो । प्रतियोगितामा १८ होलमा स्ट्याबल संरचनामा ३,४ ह्यान्डिक्यापसहित भएको प्रतियोगितामा ४० स्कोरसहित सिग्देल विजेता बन्नुभएको आयोजक मध्येका प्रतिमा शेर्पाले जानकारी दिइन् ।
उनीभन्दा २ स्कोर कम गरेकी काश्मिरा शाह उपविजेता भइन् । काश्मिराले सर्वाधिक ३ बर्डिज प्रहार गरेर मष्ट वर्डिज विधाको पुरस्कार प्राप्त गरिन् । यसैगरी सिनियरतर्फ ३७ स्कोरसहित रेखा घिमिरे च्याम्पियन बनेकी थिइन् । सो प्रतियोगितामा कल्याणी मोक्तानले दोस्रो स्थान हासिल गरिन् । लेडी क्याप्टेन आरसिया बानु, नेपालका नम्बर एक महिला गल्फर प्रतिमा शेर्पा र सञ्चारकर्मी सरिताश्री ज्ञवालीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विजेतालाई स्कुटरसहित उपहार प्रदान गरिएको थियो ।
यसैगरी उपविजेतासहित विभिन्न विधाका खेलाडीलाई साइकल, टर्किस एयरलाइन्सबाट हवाई टिकट लगायत आकर्षक पुरस्कार प्रदान गरियो । प्रमुख अतिथि राष्ट्रपति भण्डारीले पहिलेदेखि खेलिँदै आएको यो गल्फ खेलको प्रवद्र्धनका लागि राज्यको सम्बद्ध निकायले उचित समन्वय गर्नुपर्ने धारणा राखिन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ