शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५ लाख दिने शर्तमा हत्या !

आइतबार, १९ असार २०७९, २१ : ०२
आइतबार, १९ असार २०७९

झापामा मृत भेटिएका एक भारतीय नागरिकको लेनदेन र यौन दुर्व्यवहारका कारण हत्या भएको रहस्य खुलेको छ । उनको हत्याका लागि ५ लाख रुपैयाँ सुपारी दिने शर्त गरिएको पनि प्रहरीले बताएको छ । झापा अर्जुनधारा–४ स्थित जुकेखाडी–साहसी टोलभित्रको ह्युमपाइपमा केहि दिनअघि बोरामा फेला परेको शव फेला परेको थियो । उक्त शव भारत गुजरातका ४० वर्षीय जपडिया नरेशकुमार बाबु भाइको हो । प्रहरीले उनको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेहरुमा अर्जुनधारा–७ की ३२ वर्षीया जानुका देवी थापा, ४९ वर्षीय विजय भन्ने बृखबहादुर थापा र सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका–१० बस्ने २५ वर्षीय सुरेश परियार रहेका छन् । हत्यामा संलग्न एकजना अझै फरार रहेको प्रहरीको भनाइ छ । 

गुजरात घर भएका मृतकसँग जानुका थापाको भारतमै चिनजान भएको थियो । ०७६ सालमा कामको सिलसिलामा थापा भारत पुगेकी थिइन् । प्रहरीकाअनुसार ५९ हजार भारतीय नक्कली नोटसहित पक्राउ परेका मृतक इटहरीमा तारेख धाइरहेका थिए । ०७६ सालमा मृतकले थापाको छोराछोरीका लागि खेलौना पठाएको र थापाले ती भारतीय नागरिकबाट घर निर्माणको लागि भनेर ५ लाख रूपैँया समेत सापटी लिएकी थिइन् । 


बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले मृतक असार ७ गते भारतबाट अर्जुनधारा आएको र ८ गतेसम्म थापाकै घर बसेका थिए । ९ गते तारेखका लागि इटहरी गएर फेरि अर्जुनधारा नै फर्किएको अनुसन्धानबाट खुलेको कुँवरको भनाइ छ । ९ गते राती साढे ८ बजे मृतकसहित परियार र अर्का एक व्यक्तिले सँगै मादक पदार्थ खाएका थिए । त्यही समयमा उनीहरु मिलेर कुटपिट गरी भाईको हत्या गरेका थिए । उनीहरुले हत्याका क्रममा फलामको मार्तोलले हानेका थिए । 

तारिखको क्रममा अघिल्लो पटक नेपाल आउँदा मृतक जानुकाको घरमा बसेको र सो समयमा जानुकालाई यौन दुव्र्यवहार गरेको बताइएको छ । त्यसैको रिसमा जानुकाले उनको हत्या गर्ने योजना बनाएकी थिइन् । हत्या गरेबापत थापाले परियारलाई २ पटकमा २ लाख र अर्का एक व्यक्तिलाई १ लाख दिएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीकाअनुसार हत्या पछि संलग्नहरूले खाल्डोमा पुर्ने सोच बनाएको तर अन्तिममा बोरामा प्याक गरेर थापाले आफ्नै मोटरसाइकलमा अर्का एक व्यक्ति सहितले बोकेर ह्युमपाइपमा फ्याँकेका थिए । प्रहरीले उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप