शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जन्ती बोकेको ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, २६ जना घाइते

आइतबार, १९ असार २०७९, २१ : ०९
आइतबार, १९ असार २०७९

मकवानपुरको बागमतीमा जन्ती बोकेको ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । आइतबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत बागमती गाउँपालिका वडा नम्बर–८ कालिका कन्स्ट्रक्सन मोडमा जन्ती बोकेको ट्र्याक्टर अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको थियो ।

मकवानपुरको बागमती–९ मन्थलीबाट जन्ती बोकेर सिन्धुली जाँदै गरेको  ना ६ त  ८०७३ नम्बर ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीको भनाइ छ । दुर्घटनामा मृत्यु हुनेमा स्थानीय अन्दाजी १७ वर्षीया सलिना राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विद्यालयबाट घर फर्किदै गरेको अवस्थामा अनियन्त्रित भई पल्टिएको ट्रयाक्टर उनीमाथि परेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटना हुँदा ट्याक्टरमा सवार २६ जना घाइते भएको उनले बताए । दुर्घटनामा घाइते भएका मध्ये ७ जना गम्भीर रहेको र उनीहरुको हेटौंडास्थित ३ वटा अस्पतालमा उपचार भइरहेको उनले बताए । दुर्घटनामा घाइते भएकाहरुको हेटौंडास्थित हेटौंडा अस्पताल, मकवानपुर सरकारी अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप