
ओन्टारियोसँगको दुबै खेलमा नेपाल विजयी

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा दोस्रो जित निकालेको छ । पहिलो एकदिवसीय अभ्यास खेलमा ओन्टारियोलाई ६९ रनले हराएको थियो । आइतबार राति क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले हराउँदै नेपालले दोस्रो जित निकालेको हो । नेपालले दिएको २१० रनको लक्ष्य पछ्याएको ओन्टारियोले १९ ओभर ३ बलमा अलआउट हुँदै १५४ रन मात्र बनाउन सक्यो ।
ओरेन्टियोका लागि भरुण सेहदेबले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै नरेश बुढाऐरले ४१ रन जोड्दा जाडे पाडेमोरले ३७ रन बनाए । नेपालका सोमपाल कामीले दुई तथा करण केसी, आदील आलम र किशोर महतोले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २०९ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले । रोहितले अविजित ७१ रनको योगदान दिए । उनले ३१ बलमा ५ छक्का र ५ चौका प्रहार गरे । यस्तै दीपेन्द्रले २७ बलमा ६ चौका र २ छक्कासहित ५४ रनको योगदान गरे ।
पवन सर्राफले ३७ तथा देव खनालले २० रन जोडे । ओन्टारियोका रेमण्ड, भरुण सेहदेब र किनान टिन्टोले एक–एक विकेट लिए । क्यानडासँगको सिरिज अघि नेपालले अभ्यास खेल खेलेको हो । अब नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ