शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेमिकाको मृत्युपछि विक्षिप्त बने, त्यसपछि संसार घुम्न निस्किए; सँगै गएको कुकुरले बनायो विश्व कीर्तिमान

सोमबार, २० असार २०७९, ११ : ०४
सोमबार, २० असार २०७९

अमेरिकाको न्यु जर्सीका टम टर्किचले आफ्नो कुकुरसँग पैदल यात्रा गरी ३८ देशको यात्रा गरे । सात वर्षको यात्रामा टमलाई साथ दिने कुकुर सवानाहले विश्व कीर्तिमान बनाएको छ । करिब ४८ हजार किलोमिटरको यात्रामा टम टर्किचले धेरै चुनौतीको सामना गरे पनि आफ्नो यात्रा रोकेनन् । टम टर्किचले आफूले गरेको यात्रा पाँच वर्षमा पनि पूरा गर्न सकिने बताउँदै कोरोना महामारीका कारण आफूलाई थप दुई वर्ष लागेको बताए ।

पैदल यात्रामा निस्कनुको पछाडि टमको कहानी पनि छ जसले उनलाई यो यात्राका लागि प्रेरित गर्यो । वास्तवमा टमकी प्रेमिका मेरीको सन् २००६ मा एक दुर्घटनामा मृत्यु भयो । टम विक्षिप्त भए । टमलाई त्यसपछि लाग्यो – जीवन छोटो छ । त्यसैले उनले संसार घुम्ने अठोट लिए । टमले पैसा संकलन गर्न सुरु गरे । कलेज पढ्दै गर्दा गर्मीको छुट्टीमा काम गर्दै टमले दुई वर्षसम्म घुम्नका लागि पैसा जम्मा गरे ।

२६ औँ जन्मदिनमा सुरु गरे यात्रा

सन् २०१५ मा टमले आफ्नो २६ औँ जन्मदिनमा यो यात्रा सुरु गरे । टमले उक्त यात्रामा आफूले थुप्रै उतार चढाव देखेको बताए । टर्की–उजबेकिसतानमा मानिसहरुले टमलाई विवाहमा आमन्त्रित गरेर उनलाई खुसीमा समावेश गराए । टमले गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर न्युम्यानकाे कहानीबाट प्रेरित भएर संसार घुम्ने निर्णय गरेका थिए । यद्यपि, टमको यात्रालाई गिनिजि रेकर्डमा प्राविधिक कारणमा समावेश गराउन सकिएन तर उनको कुकुर यति धेरै पैदल यात्रा गर्ने पहिलो जनावर भने बने ।

टम–सवानाहले दैनिक ४० किलोमिटरको यात्रा गर्दथे

टम र सवानाहले दैनिक करिब ३० देखि ४० किलोमिटरको यात्रा गर्दथे र धेरै रात क्याम्पमा नै बिताउने गर्दथे । टमका अनुसार यो यात्रामा सवानाहले उनलाई निकै साथ दिएका थिए । आफ्नो सहयात्री सवानाहबारे कुरा गर्दै टमले भने, ‘यात्राका बेला मभन्दा ऊ बढी ऊर्जावान् हुने गर्दथ्यो । ऊ असाध्यै उत्साहित पनि हुने गर्दथ्यो । साथै, ऊ भएपछि मलाई एक प्रकारको सुरक्षा पनि महसुस हुन्थ्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप