
नेपालका लागि ४० वर्षपछि गोलको खडेरी तोड्ने दर्शन गुरुङ अष्ट्रेलिया प्रस्थान

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड दर्शन गुरुङ अष्ट्रेलिया प्रस्थान गरेका छन् । दर्शन आइतबार अष्ट्रेलिया प्रस्थान गरेका हुन् । गत जुनमा कुवेतमा भएको एएफसी एसियन कप छनोटको खेलका लागि २३ सदस्यीय टोलीमा थिए ।
दर्शन कुवेत विरुद्ध ४० वर्षपछि नेपालका तर्फबाट गोल गर्ने खेलाडी हुन् । उनले गत महिना एसियन कपको छनोटमा कुवेत विरुद्ध गोल गर्न सफल भएका थियो ।
दर्शनसँगै सन्तोष तामाङ पनि अष्ट्रेलिया प्रस्थान गरेका छन् । सन्तोषले २०७५ चैत ७ गते कुवेतविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए । दर्शनले २०७७ कार्तिक २८ गते बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए । यसअघि पनि नेपाली खेलाडीहरु धेरै अष्ट्रेलिया गएका छन् । राष्ट्रिय टोलीका सदस्य सुमन लामा र आशिष लामा अष्ट्रेलिया गएका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ