शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीमा हतियारसहित ३ जना भारतीय पक्राउ

सोमबार, २० असार २०७९, ११ : १७
सोमबार, २० असार २०७९

रुपन्देहीबाट प्रहरीले हतियारसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारतको  सिद्धार्थनगर जिल्ला बस्ने  मेदी हुसेन, अकबर खान र आसिक अलि छन् ।  जिल्ला प्रहरी कार्यालयका रुपन्देहीमा प्रवक्ता नवरत्न पौडेलका अनुसार उनीहरुको साथबाट एउटा कटुवा पेस्तोल, केएफ ९एम एम लेखिएको २ राउन्ड गोली र चक्कु १ थान फेला परेको छ । 

उनीहरु सवार रुपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ बसपार्क नजिक अनियन्त्रित भई दुर्घटना थियो । मोटरसाइकल दुर्घटनामा परि तीनै जना घाइते भएको थिए । प्रहरी चेकजाँचमा उनीहरुले हतियार बोकेर हिँडेको खुल‍ेको थियो । 
उनीहरूलाई  उपचारको मेडिकल कलेज भैरहवामा उपचारपछि अहिले जिल्ला प्रहरी कार्यालयमा  राखिएको राखिएको प्रवक्ता पौडेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप