बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भरतबन्धु थापा कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित

सोमबार, २० असार २०७९, १२ : ०२
सोमबार, २० असार २०७९

लेखक तथा फोटो पत्रकार भरतबन्धु थापा कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको कर्णाली प्रदेश समितिले थापालाई पर्यटन दूत बनाएको हो । कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान र प्रचार–प्रसार, कला–संस्कृति र जनजीवनको अभिलेखिकरण एवं समृद्ध कर्णालीको पक्षमा निरन्तर योगदान पुर्याए बापत थापालाई पर्यटन दूत मनोनित गरिएको महासंघको उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष पदमबहादुर शाहीले बताए । 

शाहीका अनुसार असार १७ गतेको कार्यकारिणी समिति बैठकले यो निर्णय गरेको हो । थापा दैलेखको भगवतीमाई गाउँपालिका–४ निवासी हुन् । उनी लामो समयदेखि फोटो पत्रकारका रुपमा सक्रिय छन् ।  नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘तस्बिरमा नेपाल’ सहित पाँचवटा पुस्तक प्रकाशित गरेका थापा प्रकृति र जनजीवनको फोटो खिच्न रुचाउँछन् । थापा सामाजिक अभियानमा पनि सक्रिय छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप