मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

सोमबार, २० असार २०७९, १२ : ०८
सोमबार, २० असार २०७९

नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले असार २२ गते ६ वर्षे विकास ऋणपत्र २०८५ ‘च’ जारी गर्ने भएको हो ।  इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त विकास ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । सार्वजनिक बोलकबोलको माध्यमबाट बिक्री गरिने विकास ऋणपत्र भोलि अर्थात् असार २१ गते बोलकबोल हुने बैंकले जनाएको छ । 
बैंकका अनुसार कुल रकम मध्ये ८५ प्रतिशत अर्थात् ४ अर्ब २५ करोड रुपैयाँ प्रतिस्पर्धाबाट र बाँकी १५ प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ भने विना प्रतिस्पर्धा बाँडफाँड गरिने बैंकले जनाएको छ । 
ऋणपत्र खरिदकर्ताले अर्धवार्षिक (छ÷छ) महिनामा ब्याज पाउनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप