शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र

सोमबार, २० असार २०७९, १२ : १७
सोमबार, २० असार २०७९

नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब एक करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । ९१ दिने र ३६४ दिने गरी दुई किसिमको ट्रेजरी बिल निष्काशन गर्न लागेको बैंकले सोमबार दिउँसो ३ बजे बिलको बोलकबोल हुने जनाएको छ । 

ट्रेजरी बिलको निष्काशन भने भोलि मंगलबार (असार २१ गते) हुनेछ । बैंकका अनुसार कुल १८ अर्ब एक करोड रुपैयाँ मध्ये ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ र ३६४ दिनका लागि ८ अर्ब ९१ करोड रुपैयाँ छुट्याइएको छ । कुल रकम मध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विना प्रतिस्पर्धाबाट बाँडफाँड गरिने बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप