शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिहे अगाडि नीताले गरिन् ‘ह्रस्व दीर्घ’ को शुभसाइत

सोमबार, २० असार २०७९, १२ : ४५
सोमबार, २० असार २०७९

नीता फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म ‘ह्रस्व दीर्घ’ को शुभसाइत गरिएको छ । निर्माण युनिटले फिल्मको स्क्रिप्ट पूजा गर्दै काम अगाडि बढाएको हो ।
निर्माता समेत रहेकी अभिनेत्री नीता ढुङगाना, अभिनेता हरिहर अधिकारी सहित युनिटका केही सदस्य भक्तपुरको सुर्यविनायक मन्दिर पुगेर फिल्मको स्क्रिप्ट पूजा गरेका हुन् ।
चन्द्र पन्तको निर्देशन रहने फिल्ममा फिल्ममा नीता र हरिहरसँगै सरोज खनाल, सलोन बस्नेतको अलवा दक्षिण भारतीय फिल्मका चर्चित खलपात्र सुनिल वर्मा (सिनुभाई), गजनी भिलेन प्रदीपराज रावत, विश्व चर्चीत कलाकार ब्रह्मानन्दम, अली लगायतको अभिनय रहनेछ । 
बलिउडका छायांकार कबीरलालको छायांकन रहने फिल्मका मुख्य सहायक निर्देशक वसन्त अधिकारी हुन् । फिल्म दशैंपछि फ्लोरमा जानेछ ।
२४ असारमा वैवाहिक बन्धनमा बाधिन लागेका नीता र हरिहरले अन्तर्राष्ट्रिय प्रदर्शनको उद्देश्यका साथ यो फिल्म बनाउन लागेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप