शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राज्य र निजी क्षेत्रबीचको सहकार्यले मात्र सम्मृद्धि सम्भवः वरिष्ठ उपाध्यक्ष ढकाल

सोमबार, २० असार २०७९, १२ : ५१
सोमबार, २० असार २०७९

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार तथा निजी क्षेत्रबीचको सहकार्यले मात्र जनअपेक्षा अनुरुपको विकास र सम्मृद्धि हासिल गर्न सम्भव भएको बताएका छन् । चन्द्रागिरि उद्योग वाणिज्य संघद्वारा सोमबार आयोजित नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै ढकालले निजी क्षेत्रसँगको सहकार्यको महत्वलाई बुझेर अगाडि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

‘स्थानीय सरकार र निजी क्षेत्र दुवैको साझा लक्ष्य विकास र सम्मृद्धिमार्फत जनतालाई सुखी तुल्याउने रहेको छ । त्यसैले राज्य र निजी क्षेत्रबीच बलियो साझेदारीका लागि म यहाँहरुलाई आह्वान समेत गर्दछु,’ उनले भने । उनले स्थानीय निकायका जनप्रतिनिधिहरुले विकास र लगानीका लागि एकआपसमा प्रतिष्पर्धा गर्नुपर्ने बताएका छन् ।

ढकालले स्थानीय जनप्रतिनिधिहरुले आफ्नो स्थानीयतहमा धेरै भन्दा धेरै उद्योग व्यवसायहरु सञ्चालन गर्ने, लगानी भित्र्याउने र रोजगारी सृजना गर्ने विषयमा एकआपसमा प्रतिष्पर्धा गर्नुपर्ने बताए । यसरी प्रतिष्पर्धा गर्दा स्थानीय निकायहरुले स्थानीयवासीहरुलाई रोजगारी सृजना गर्ने, भौतिक पूर्वाधार निर्माण हुने र साथसाथै राजश्व पनि संकलन हुने उनको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप