शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘माओवादी नेताहरु काठमाडौं आउँदा पार्टीसँग अनुमति लिएर मात्रै आउनुपर्छ’

सोमबार, २० असार २०७९, १३ : १९
सोमबार, २० असार २०७९

नेकपा माओवादी केन्द्रका नेता मुक्ति प्रधानले पार्टीका नेताहरु सहरमूखी भएको तर नतिजा भने त्यही सहरमा कमजोर भएको बताएका छन् । केन्द्रीय समिति बैठकमा जारी खुला छलफलका क्रममा बोल्दै प्रधानले पार्टीलाई उपत्यकामा बलियो बनाउनका लागि स्पष्ट नीति बनाइनुपर्नेमा जोड दिए । उनले उपत्यका बाहिरका केन्द्रीय नेताहरुलाई उपत्यकामा बस्न कडाइ गरेर गाउँमै केन्द्रीत गरिनुपर्नेमा जोड दिए । 

‘उपत्यकासहित सहरी क्षेत्रमा पार्टीको उपस्थिति चिन्ताजनक छ । हामी मरुभूमितर्फ उन्मुख भएका छौँ’ उनले भने, ‘उपत्यका जित्न सकेमात्रै पार्टीमाथि विश्वास बढ्छ । बाहिरबाट उपत्यका आउने सबैले विवरण पार्टीमा हुनुपर्छ । बाहिरबाट आउने नेताहरु पार्टीमा स्वीकृत लिएर आउनुपर्छ ।’

पार्टीको सिंगो नेतृत्व जुन ढंगले निर्माण हुनुपर्ने हो त्यो अनुसार हुन नसकेको पनि बताए ।  अध्यक्ष प्रचण्ड र  अरु नेताहरुबीचको ग्यापिङ धेरै ठूलो भइसकेको भन्दै गम्भीर रुपमा सोच्न आग्रह गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप