शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘स्वचालित विद्युतीय प्रणाली’मा आधारित स्वास्थ्य सेवा प्रवाह सुरु

सोमबार, २० असार २०७९, १३ : २६
सोमबार, २० असार २०७९

सामाजिक सुरक्षा कोषले ‘स्वचालित विद्युतीय प्रणाली’मा आधारित स्वास्थ्य सेवा प्रवाह सुरु गरेको छ ।  यस प्रणाली कार्यान्वयनमा जाँदा योगदानकर्ताले स्वास्थ्य उपचारको लागि ठूलो रकमको जोहो गरी स्वास्थ्य संस्था जानुपर्ने र रकम शोधभर्नाको निम्ति कागजातसहित कोष कार्यालयमा जानुपर्ने झन्झटको अन्त्य हुने कोषले आशा व्यक्त गरेको छ ।  

कोषले सञ्चालन गर्ने सुविधाहरू मध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा योजना स्वास्थ्यसँग सम्बन्धित योजनाहरू हुन् । योगदानकर्ताको सुविधालाई मध्यनजर गरी परीक्षणका रुपमा स्वास्थ्य संस्थामार्फत औषधि उपचार सेवा प्रारम्भ गरेकाले कोषबाट प्रदान गरिने स्वास्थ्य सुविधाहरू तोकिए बमोजिमका स्वास्थ्य संस्थामा गई प्राप्त गर्न सकिने कोषको भनाइ छ । 

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा बापतको सुविधा लिँदा योगदानकर्ताले २० प्रतिशत भुक्तानी गरी बाँकी ८० प्रतिशत र दुर्घटना बापतको सुविधा लिँदा शत प्रतिशत रकम नै कोषबाट सम्बन्धित स्वास्थ्य संस्थालाई भुक्तानी हुनेछ । कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूको संख्या क्रमशः बढाउँदै लगिने कोषले बताएको छ ।

कोषसँग १२६ अस्पतालहरूले एमओयू गरेका छन् ।   यसमध्ये हालसम्म सूचना प्रविधि प्रणाली मार्फत कोषसँग आबद्ध भई कोषका स्वास्थ्य सुविधा योजना प्रदान गर्ने अस्पतालहरू निम्न छन् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप