शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी बैठकमा नेतृत्वलाई व्यङ्ग्य : घर बनाउन नसक्नेले देश बनाउन सक्दैन

सोमबार, २० असार २०७९, १३ : २९
सोमबार, २० असार २०७९

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पदाधिकारी चयनमा भएको ढिलाइबारे आवाज उठेको छ । नेता सुदन किरातीले पदाधिकारी त टुंग्याउन नसक्नेले कसरी देश बनाउन सक्छ भन्दै नेतृत्वप्रति व्यङ्ग्य गरे । 

‘पदाधिकारी त टुंग्याउन नसक्ने अवस्थामा हामी छौँ । घर बनाउन नसक्ने पार्टीले देश बनाउन सक्दैन’, उनले केन्द्रीय समितिको सोमबारको बैठक राखेको धारणा उदृत गर्दै एक नेताले भने । यसअघि माओवादी केन्द्रको आइतबारको बैठकमा बागमती प्रदेश अध्यक्ष सरल सहयात्री लगायतले पनि छिटो पदाधिकारी टुंगो लगाउन माग गरेका थिए ।

पुसमा महाधिवेशन गरेको माओवादीले हालसम्म पनि पदाधिकारीको टुंगो नलगाएपछि यसबारे आवाज उठेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप