मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुमन विकको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

सोमबार, २० असार २०७९, १३ : ३८
सोमबार, २० असार २०७९

कमलामाई नगरपालिका–६ धुरा बस्ने सुमन विकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा घ्याङलेख गाउँपालिका–३ तामाजोर बस्ने ३५ वर्षीया मायारानी थिङ रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

सोही नगरपालिका–६ लोकतान्त्रिक चोक नजिक डाँफे होटल एण्ड लजमा दुई जनाबीच झै–झगडा हुँदा मायारानीले सुमन बिकको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप