
तिनाउ नदीले बगाउँदा भारतीय युवकको मृत्यु, एकजना वेपत्ता

सोमबार तिनाउ नदीले बगाउँदा एक भारतीय युवकको मृत्यु भएको छ । दुर्घटनामा एकजना वेपत्ता भएका छन् । जिल्लाको सिद्धबाबा मन्दिरको दर्शन गर्न आएका भारतीय युवाहरूलाई पौडी खेल्ने क्रममा नदीले बगाएको थियो ।
मृत्यु हुनेमा भारत उत्तरप्रदेश दाहोरिया गोरखपुरका १८ वर्षीय नन्दकुमार निसाद रहेका छन् । अर्का युवक सनिकुमार भने वेपत्ता भएका छन् । निसादको शव बुटवल १९ लाफाचौरमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । नदीमा बेपत्ता भएका सनिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ