शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जिससले आर्सनलमा ९ नम्बरको जर्सी लगाउने

सोमबार, २० असार २०७९, १३ : ५८
सोमबार, २० असार २०७९

प्रिमियर लिग क्लब आर्सनलले ब्राजिलियन स्ट्राइकर गाब्रियल जिससलाई अनुबन्ध गरेको छ । आर्सनलले सोमबार जिससलाई अनुबन्ध गरिएको जनाएको छ । २५ वर्षीय स्ट्राइकरले आर्सनलसँग पाँच वर्षको सम्झौता गरेका छन् । उनी २०२७ सम्म आर्सनलमा रहनेछन् ।

आर्सनलले म्यानचेस्टर सिटीबाट जिससलाई अनुबन्ध गरेको हो । जिससले आर्सनलमा ९ नम्बरको जर्सी लगाउने छन् । जिसस २०१६ मा पाल्मीरासबाट सिटी आएका थिए ।  सिटीका लागि जिससले १ सय ५९ प्रिमियर लिगमा ५८ गोल र ३२ असिस्ट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप